निर्वाचन आयोग र २९ राजनीतिक दलबीच आगामी निर्वाचनबारे छलफल हुँदै

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा आज राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज विहान साढे ११ बजे आयोगको कार्यालयमा दलका नेताहरुसँग बैठक आह्वान गरिएको छ ।

आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ दललाई बैठकको लागि पत्र पठाइसकेको छ । आजको बैठकका निर्वाचनको बारेका आफूहरुले गरिरहेको तयारीको बारेमा जानकारी गराइने र दलहरुबाट सुझाव लिइने प्रवक्ता भट्टराईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार