काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ ।
बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी आजको बैठक स्थगित भएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए । आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा जानकारी गराएका थिए ।
विशेष महाधिवेशनको माग गर्नेहरूको जोड नियमित महाधिवेशन गर्ने रहेकाले बैठकका क्रममा नियमित महाधिवेशनमा समझदारी हुने जानकारी गराएका थिए । बैठकमा संस्थापन इतरका नेता डा. शेखर कोइराला, केन्द्रीय सदस्यहरू मोहन बस्नेत, राजीव कोइराला लगायत ७ जनाले आ-आफ्नो धारणा राखेका थिए ।
बैठक २८ असोजमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।





