भिभोको V60 Lite नेपाली बजारमा सार्वजनिक

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं : स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो V60 Lite नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार “ट्राभल पोर्ट्रेट पर्फेक्ट पार्टनर” को रूपमा प्रस्तुत गरिएको यो फोन यात्राका क्रममा पोर्ट्रेट फोटोग्राफीका लागि विशेष रूपमा डिजाइन गरिएको छ।

भिभोले यस फोनमा तेस्रो पुस्ताको एआई औरा लाइट पोर्ट्रेट ३.०, उन्नत एआई इमेजिङ प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शन संयोजन गरेको बताएको छ। फोनमा ५० एमपी सोनी IMX882 मुख्य क्यामेरा, ८ एमपी वाइड–एङ्गल क्यामेरा र ३२ एमपी एचडी सेल्फी क्यामेरा समावेश छन्। कम्पनीका अनुसार यसले सामान्य फ्ल्यासभन्दा ७३ गुणा सफ्ट र प्राकृतिक प्रकाश प्रदान गर्छ, जसले तस्बिरलाई स्वाभाविक र आकर्षक बनाउँछ।

यो फोन टाइटानियम ब्लु र एलिगेन्ट ब्ल्याक दुई रंगमा उपलब्ध छ। स्लिम र हल्का बडी, पारदर्शी क्यामेरा मोड्युल र अल्ट्रा–थिन बेजलले यसलाई आधुनिक र प्रिमियम लुक दिएको कम्पनीले जनाएको छ।

V60 Lite को फाइभ जी भेरिएन्टमा मीडियाटेक 7360 टर्बो फाइभ जी चिपसेट र फोर जी भेरिएन्टमा स्न्यापड्रैगन 685 प्रोसेसर प्रयोग गरिएको छ। फाइभ जी मोडेलमा १२+१२ जीबी एक्सटेन्डेड ¥याम र २५६ जीबी स्टोरेज छ भने फोर जी मोडेलमा ८+८ जीबी एक्सटेन्डेड ¥याम र २५६ जीबी स्टोरेज रहेको छ।

यसमा ६.७७ इन्चको एएमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट र ९४.२ प्रतिशत स्क्रिन–टु–बडी रेसियो रहेको छ। डुअल स्टेरिओ स्पिकरले स्पष्ट ध्वनि अनुभव प्रदान गर्छ। भिभोका अनुसार यसमा ६५०० एमएएच ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधि छ, जसले फोनलाई १ प्रतिशतदेखि १०० प्रतिशत चार्ज हुन ५२ मिनेट मात्र लाग्छ। यो ब्याट्री पाँच वर्षसम्म उच्च दक्षतामा टिक्ने गरी अप्टिमाइज गरिएको छ।

फोन आईपी ६५ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट भएको र One-tap Dust and Water Removal तथा Wet Hand Touch जस्ता सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ। यसमा Google Gemini, AI Caption, AI Transcript Assist लगायतका एआई टुलहरू छन्, जसले काम, नोट्स, अनुवाद र टास्क व्यवस्थापनलाई सहज बनाउँछन्।

भिभोका अनुसार V60 Lite नेपाली बजारमा असोज ३० (अक्टोबर १६, २०२५) देखि उपलब्ध हुनेछ।

V60 Lite (4G) को मूल्य — रु. ३९,९९९

V60 Lite (5G) को मूल्य — रु. ४८,९९९

यो स्मार्टफोन नेपालभरका भिभोका अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममार्फत खरिद गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार