कस्तो रहनेछ आजको मौसम ?

२०८२ आश्विन ३१, शुक्रबार

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार