काठमाडौं : अनमोल केसीको शीर्ष भूमिका रहेको ड्रामा-रोमान्स-एड्भेन्चर फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ ।
कम्तीमा २०० शोजसहित रिलिज भएको जनाइएको छ । सुयोग गुरुङ निर्देशित यो फिल्मको रनटाइम २७५ मिनेट छ र यसलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् ।
त्रिकोणात्मक प्रेमकथाको यो फिल्म पर्वतीय यात्राको क्रममा आउने सम्बन्धको उतारचढावको कथावस्तुमा आधारित देखिन्छ । तपाईंलाई प्रेमकथाका फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।
एड्भान्स टिकट विक्री सुखद देखिएको छ । अनमोलसहित फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गीको अभिनय छ ।





