काठमाडाैँ : नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल’प्रचण्ड’माथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका हुन् । जेनजी आन्दोलनमा उनीहरूको भूमिका शङ्कास्पद देखिएकाले अनुसन्धान हुनुपर्ने उनले बताए ।
बस्नेतले जेनजी आन्दोलनलाई हस्तक्षेप गर्दै अपराधिक गतिविधि भएको जिकिर गरे । मुलुकको राष्ट्रिय स्वाधीनतका साथै विकास र समृद्धिमा एमालेले खेलेको भूमिका कारण आफूहरूमाथि सबैभन्दा बढी आक्रमण भएको उनले बताए ।





