जेनजी आन्दोलनपछि पहिलो पटक ओली पार्टी कार्यालयमा

२०८२ कार्तिक १, शनिबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेका छन्। गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनपछि उनी शनिबार पहिलो पटक पार्टी कार्यालय पुगेका हुन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते एमाले पार्टी कार्यालयमा आगजनी र तोड्फोड भएको थियो । त्यसपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत भक्तपुरकाे गुण्डुस्थित ओली निवासमै गरेको थियो ।

ललितपुरको एक होटलमा केन्द्रीय कमिटी बैठक शुक्रबार सम्पन्न भएकाे थियाे। एमालेले शनिबार चियापान कार्यक्रम राखेको हाे । हाल पार्टी केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम जारी रहेकाे एमालेले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार