मोटरसाइकल दुर्घटनामा युवककाे मृत्यु

२०८२ कार्तिक १, शनिबार

काठमाडौं : कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित जगदीशपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा शुक्रबार राति  एक  युवकको मृत्यु भएको छ ।

जगदीशपुरबाट बनगाई जाँदै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका रमेश आर्चायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिहंले जानकारी दिए ।

मृतकको शवलाई अहिले पिपरा अस्पताल राखिएको  छ। मोटरसाइकलमा सवार अर्का सुजन सुनारको अवस्था गम्भीर रहेको  बताएको छ। घाइते सुनारको बुटवलस्थित सनराइज इन्टरनेश्नल अस्पतालमा उपचार भइरहेको  बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार