म नेपालभित्र जहाँ पनि जान्छु, हेरौँला : अध्यक्ष ओली

२०८२ कार्तिक १, शनिबार

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई काठमाडौं उपत्यका बाहिर जान रोक लगाएकोमा कडा आपत्ति जनाएका छन् ।

उनले नेपालको जुनसुकै स्थानमा जाने आफ्नो अधिकार रहेको भन्दै कुनै पनि मौखिक आदेशले रोक्न नसक्ने चुनौती दिए ।

शनिवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै ओलीले भने, ‘चुनाव गराउने कुरा गर्छन्, तर झापा मेरा घर जलाइयो, मलाई जान दिइँदैन । साँगा कटेर बाहिर निस्कन नपाउने रे !’उनले प्रश्न गर्दै भने, ‘म नेपालको सीमाभित्र जतिबेला आवश्यक छ, त्यतिबेला जान्छु । कुन कानुनले मलाई रोक्छ रु कुन लोकतन्त्रले मलाई थुन्छ ? जथाभाबी र मनपरी गर्ने हो ?’

ओलीले मौखिक आदेशको आधारमा दलका नेतालाई रोकेर चुनाव गराउने सरकारी कदमको आलोचना गरे । उनले भने, ‘मौखिक आदेशले जे पनि गर्ने ? दलहरूलाई चुनावमा जान नदिने, अनि फागुन २१ मा चुनाव गर्ने रु यो कस्तो लोकतन्त्र हो ?’उनले आफूहरू जेलमा बसेर देशभित्रै सङ्घर्ष गरेको स्मरण गर्दै भने, ‘हामी कमजोर र हार मान्नेहरू होइनौँ ।’

ओलीले अपराधीहरू प्रहरीको बर्दीमा हातहतियार लिएर मतदान केन्द्रमा आउने अवस्थामा कसरी निष्पक्ष चुनाव सम्भव हुन्छ भन्दै प्रश्न उठाए । ‘के अपराधीहरूसँग सरकारको सम्झौता छ ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार