एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

२०८२ कार्तिक २, आईतवार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

‘जेनजी’ आन्दोलनका कारण सत्ताच्युत भएपछि सार्वजनिक रुपमा आफ्नो धारणा राख्न लागेका ओलीले दिउँसो १ बजे ललितपुरको रामबाग महलमा पत्रकारहरुलाई सम्बोधन गर्नेछन् ।

एमाले केन्द्रीय कमिटीको बैठकसमेत सोही स्थानमा बसेको थियो । पत्रकार सम्मेलनलाई उनको राजनीतिक पुनरागमनको महत्वपूर्ण कडीका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार