गुल्मी : गुल्मी जिल्लामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका– ६ रजस्थल नियालपानीका ६३ वर्षीय मीनबहादुर घर्ती मृत फेला परेका हुन् ।
उनी हिजोदेखि घर नआएको र स्थानीयले खोज्दै जाँदा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि तम्घास पठाउने तयारी गरिरहेको छ ।
घटनाका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।





