काठमाडौं : रामेछापमा टाटासुमो गाडी दुर्घटनामा परेको छ।
चालकसहित चारजना सवार गाडी दुर्घटनामा परे पनि सबै यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ। आज बिहान रामेछापको सुनापति गाउँपालिका- ३ स्वाराबाट काठमाडौँ तर्फ आउँदै गरेको मे.१ ज २२८४ नम्बरको गाडी सुनापति ४ काे डम्फु पार्कको ओरालोमा दुर्घटनामा परेको हो।
गाडी दुर्घटनामा परे पनि चालक धनबहादुर मगरसहित चारैजना यात्रु सकुशल रहेका प्रहरीको भनाई छ।





