एन्फा महासचिव किरण राई निलम्बित

२०८२ कार्तिक २, आईतवार

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई निलम्बनमा परेका छन् । कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले उनलाई निलम्बन गरेका हुन् ।

महासचिव राईले साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको आरोप छ । अध्यक्ष खड्काले राईलाई स्पष्टीकरण सोधेका थिए । निलम्बित महासचिव राईले सो स्पष्टीकरणको पनि जवाफ नदिएको बताइएको छ ।

कार्यवाहक महासचिवमा संघका सहायक महासचिव दामोदर भट्टराईलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार