भ्रष्टाचार रोक्न पाँचसय र एकहजारका नोट बन्द गर्न माग

२०८२ कार्तिक ३, सोमबार

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न तेस्रो विशेष बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

आइतबार एक पत्रकार सम्मेलन गरी गत असोज २६ देखि ३० गतेसम्म बसेको तेस्रो विशेष बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा जारी विज्ञप्ति पार्टीका प्रवक्ता खडक विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक गरेका थिए । सो पार्टीले रु ५०० र एक हजार दरका नोट खारेज गर्न माग गरिएको छ । समिति बैठकका निर्णयहरुमा भ्रष्टाचार रोक्न ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने सो पार्टीले माग गरेको हो ।

त्यस्तै कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने नेकपाले निर्णय गरेको छ । विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष बर्खेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव  विप्लवले जेनजी युवाहरुको विद्रोहपछि नयाँ कम्युनिष्ट केन्द्र बनाउने गरी नेकपा माओवादी केन्द्रलगायत घटकहरूसँग छलफल चलिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार