चितवनमा कार दुर्घटना, तीन घाइते

२०८२ कार्तिक ३, सोमबार

काठमाडौं : आइतबार राति चितवनमा कार दुर्घटना भएको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

चौबिसकोटीबाट बिशालचोक तर्फ जाँदै गरेको लु ३ च ५३५७ नं. को कार आफैँ अनियन्त्रित भई बाटोको बिच भागको डिभाईडरमा ठोकिन जादा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कारमा सवार चालक नवलपरासी सुनवल न.पा.३ बस्ने ३१ को संदिप गुरुङ,  रुपन्देही सैनामैना न.पा. ७ बस्ने वर्ष ३० को सुबास थापा र अर्घाखाँची भूमिका स्थान न.पा. ८ बस्ने वर्ष ३० को सरोज श्रेष्ठ घाइते भएका छन् । उनिहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार