फिल्म ‘भाइरल गोर्खे’ को पोस्टर सार्वजनिक

२०८२ कार्तिक ३, सोमबार

काठमाडौं : सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले अब यो फिल्म १ माघमा प्रदर्शन हुने जनाएका छन् ।

नयाँ मितिसँगै पोस्टर पनि सार्वजनिक भएको छ, जहाँ सौगात र सृष्टि श्रेष्ठ फिचर्ड छन् । छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ । यसले दुई पात्रबीचको प्रेम दर्शाउँछ । ‘बतासले उडाई लग्यो माया मेरो’ बोलको गीत सोमबार सार्वजनिक हुने अपेक्षा छ ।

‘भाइरल गोर्खे’ सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिलाई ब्यंग्य गर्दै बनेको फिल्म हो । समसामयिक विषय भएकाले दर्शकले फिल्मलाई रुचाउनेमा आफू विश्वस्त रहेको निर्देशक श्रेष्ठले बताए । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको पनि अभिनय छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मको सह–निर्मातामा भुवन अधिकारी र निखिल पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार