काठमाडौं : दाङको घोराहीमा प्रहरीले वडा अध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ ।
आइतबार राति घोराही उपमहानगरपालिका– १५ काठेकोहलमा रहेको होटल टिथ्रीमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्यालसहित नौ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद तीन लाख ४५ हजार नौ सय १५ रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा कृष्णबहादुर घर्ती, नारायणप्रसाद अधिकारी, माधव भण्डारी, बिक्रम केसी, लंकबहादुर बुढा, सागर बुढा, प्रबिन रावत र तेजप्रसाद आचार्य रहेका छन् ।





