विपिन जोशीको परिवारलाई प्रदेश सरकारको दुई लाख सहयोग

२०८२ कार्तिक ३, सोमबार

काठमाडौं : इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख आर्थिक सहयोग गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरुप दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने बताए । २३ असोज २०८० मा बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले हमासको आक्रमणमा ज्यान गुमाएका परिवारलाई दुई/दुई लाखका दरले आर्थिक सहायता गर्ने निर्णय गरेको थियो ।

निर्णयबमोजिम प्रदेश सरकारले मृतक सात जनाका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरेको थियो भने सो समयमा विपिन जोशीको अवस्था अज्ञात रहेको थियो । गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

मुख्यमन्त्री शाहले स्व जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा संवेदना व्यक्त गरेका छन् । यसैबीच विपिन जोशीको पार्थिव शरीर आज साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थलमा पु¥याइएको छ । पार्थिव शरीरलाई विमानस्थलबाट कञ्चनपुर लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार