गरिमा विकास बैंकको १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते

२०८२ कार्तिक ४, मंगलवार

काठमाडौं : गरिमा विकास बैंकले १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते विहीबार गर्ने भएको छ । सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा हुने जनाइएको छ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित छ ।

सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम हाल कायम चुक्ता पूँजीको ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक वर्ष २०८२ /०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको प्रस्ताव तथा नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने, विकास बैंकको हाल कायम अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार