माओवादी केन्द्रका नेता सुनिल साह आजपामा प्रवेश

२०८२ कार्तिक ५, बुधबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता सुनिल कुमार साहले पार्टी परित्याग गरेका छन् ।

बुधबार उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी(आजपा)मा प्रवेश गरेका हुन् । रौतहटको राजदेवी नगरपालिकास्थित पथरामा दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनी आजपामा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष साहले उनलाई पार्टीमा स्वागत  गरे ।

उनलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष साहले पार्टीमा युवाको सहभागिता र समावेशी नेतृत्वले सङ्गठनलाई थप सक्षम बनाउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार