तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ कार्तिक ६, बिहीबार

काठमाडौँकाठमाडौँको तार्केश्वर नगरपालिका३ चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ ।

तार्केश्वर नगरपालिका पुसल बस्ने २६ वर्षीय पुतुवारको स्थानीय सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवदीले जानकारी दिए ।

ले भने, ‘बिहान करिब ३:४५ बजे तार्केश्वर३ चिसापानीस्थित सडक खण्डअन्तर्गतको तीनपिप्लेबाट धर्मस्थलीतर्फ आउदै गरेको बा.प्र.०२०५३ प ९६७९ नम्बरको बाइक अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका चालक पुतुवारको सिटी अस्पताल तार्केश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका३ का २० वर्षीय समिर पुतुवारको हात, खुट्टा, टाउको र छातिमा चोट लागेकाले चिकित्सकको सल्लाहमा थप उपचारका लागि निजलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार