गोली लागेर प्रहरीका एसपी अकबरको मृत्यु

२०८२ कार्तिक ७, शुक्रबार

काठमाडौं : इस्लामाबादका प्रहरी सुपरिटेन्डेन्ट (एसपी) आदिल अकबरको उनको कारभित्रै गोली लागेर मृत्यु भएको इस्लामाबाद प्रहरीका प्रवक्ताले पुष्टि गरेका छन्।

प्रवक्ताका अनुसार एसपी आदिल अकबर कन्स्टिट्युसन एभिन्यूबाट आफ्नो कार्यालयतर्फ जाँदै गर्दा कारमा गोली लागेर मृत्यु भएको हो। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) अली नासिर रिजवीले घटना साँझ ४:३० बजे कन्स्टिट्युसन एभिन्यूमा भएको बताए। आईजी रिजवीका अनुसार, घटनाको फुटेजमा कुनै पनि विवरण खुलेको छैन र यो घटना कार भित्रै भएको हो।

उनले एसपी अकबरसँग रहेको मोबाइल फोन ‘लक गरिएको’ अवस्थामा फेला परेको र त्यसको पनि फोरेन्सिक जाँच गरिने जानकारी दिएका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार