सोलुखुम्बु : सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
बिहीबार साँझ साढे ७ बजेति रमाप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये महाकुलुङ गाउँपालिका-३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको मात्रै सनाखत भएको डीएसपी मनोजित कुँवरले जानकारी दिए। ‘मृतक एक किशोरीको पहिचान खुलेको छैन, हामी पहिचानको प्रयास गरिरहेका छौँ,’ डीएसपी कुँवरले भने।
दुर्घटनामा घाइते भएका गाडी चालक महाकुलुङ-३ घर भएका ३२ वर्षीय श्रीध्वज राईको अवस्था गम्भीर छ। त्यसैगरि महाकुलुङ ४ की १६ वर्षीया गंगा राई, सोही ठाउँकी १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई, वर्ष १६ कै सजना राई र १० वर्षीय उमेश राई दुर्घटनामा घाइते भएका छन्।





