उज्यालो नेपाल पार्टीमा मेरो आवद्धता छैन : मन्त्री घिसिङ

२०८२ कार्तिक ७, शुक्रबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको बताएका छन् ।

मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने विभिन्न सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु,’ उनले भनेका छन्, ‘मसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार