दुई समूहबीचको ग्याङफाइटमा युवकको मृत्यु, एक पक्राउ

२०८२ कार्तिक ७, शुक्रबार

भद्रपुर : यहाँस्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

बुधबारराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते भएका थिए । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कुटपिटमा स‌ंलग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार