काठमाडौं : मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन अर्थात् कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यका दिन गरी दुई दिन बिदा दिनुपर्ने नागरिकको माग बढिरहेको बेला प्रदेश सरकारले यो आंशिक सम्बोधन गरेको हो । यस निर्णयसँगै प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा निकायहरू मंगलबार बन्द रहनेछन् ।












