नेपाल इरानसँग ३-० ले पराजित

२०८२ कार्तिक ७, शुक्रबार

काठमाडौं : त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत नेपाल इरानसँग पराजित भएको छ।

शुक्रबार भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न खेलमा इरानले नेपाललाई ३-० ले हराएको छ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले पहिलो हाफमा राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। त्यसपछि खेलको ४९ औँ मिनेटमा इरानले पहिलो गोल गरेको छ। इरानका लागि सारा दिदारले पहिलो सफलता दिलाइन्। इरानले पहिलो गोल गरेको दुई मिनेटपछि नै दोस्रो गोल गरेको छ।

इरानका लागि कप्तान जाहाराले दोस्रो सफलता दिलाइन्। खेलको ५७ औँ मिनेटमा इरानले अर्को गोल थपेको छ। इरानका लागि सबनम बेहिसटले तेस्रो गोल गरिन्। यसअघि इरानले आफ्नो पहिलो खेलमा घरेलु टोली भारतलाई २-० ले पराजित गर्दै प्रतियोगिताको शुरुआत गरेको थियो। यसअघि सन् २०१९ मा नेपालले इरानलाई ३-० ले पराजित गरेको थियो।

नेपालले अब सोमवार भारतसँग खेल्ने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार