गौशालामा एक पुरुषको शव फेला

२०८२ कार्तिक ८, शनिबार

महोत्तरी : महोत्तरीको गौशालामा एक पुरुषको शव फेला परेको छ । शनिबार बिहान गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

प्रहरीका अनुसार स्थानीयले शनिबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ। उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठाको रहेको बताइएको छ ।

मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै जीविकोपार्जन गर्दै आएको स्थानीयले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार