अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते

२०८२ कार्तिक ८, शनिबार

बुटवल : अर्घाखाँचीबाट बुटवल आउँदै गरेको एक फोर्स गाडी दुर्घटनामा परेको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ दौरा चौतारीमा अर्घातोसबाट बुटवलका लागि हिँडेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार ब्रेक फेल भएर गाडी सडकमै पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा एक जना गम्भीर र अन्य ८ जना सामान्य घाइते भएका छन्।

अर्घाखाँची मालारानी–१ का ७० वर्षीय भोजराज भुसालको छाती र ढाडमा चोट लागेकाले उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ। अन्य ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

उक्त गाडीमा चालकसहित १५ जना सवार थिए। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार