जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२ कार्तिक ८, शनिबार

दाङ:तुलसीपुर उपमहानगरपालिका-७ जंग्रहवा बस्ने मोतिराम डाँगीको घरमा जुवातास खेलिरहेका अवस्थामा सोही उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय विष्णु शर्मा लगायत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ९ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार