सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

२०८२ कार्तिक ९, आईतवार

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि शनिबार सञ्चारकर्मीसँग उनले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारे। ‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ। संवादमा आउनुपर्यो। संवाद गर्न सरकार तयार छ। सडकमा जानु जरूरी छैन,’ गृहमन्त्री अर्यालले भने।

लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ। ‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन। कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन। विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो,’ गृहमन्त्रीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार