वार्तामा बोलाउने सरकारी कदमको स्वागत गर्छौं : दुर्गा प्रसाईं

२०८२ कार्तिक ९, आईतवार

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वार्तामा बोलाउने सरकारी कदमको स्वागत गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकबाट प्रसाईंले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी कदमको स्वागत गरेका हुन् ।

‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी यसको स्वागत गर्दछौं,’ उनले लेखेका छन्, ‘जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।’

प्रसाईंले राष्ट्र र नागरिक जोगाउनेगरी समाधान खोज्नुपर्ने बताएका छन् । ‘वार्ता गर्न बोलाउने मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार