काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ११ हजार ६ सय रुपैयाँले घटेको छ ।
कार्तिक ३ गते सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ८० रूपैयाँ कायम भएकोमा आज २ सय ६५ रूपैयाँले घटेर ३ हजार १५ रूपैयाँ कायम भएको छ ।











