नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित

२०८२ कार्तिक ९, आईतवार

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब एमिरेन्ट्स (यूएई) सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो हार भोगेको छ।

आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको हो। अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३१.१ ओभरमा १ सय ५६ रनमा अलआउट भयो। नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन  बनाए। आशिफ शेखले ३७ र भीम सार्कीले २९ रन बनाए। आरिफ शेखले २० रन बनाए।

त्यसअघि युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रनको योगफल तयार पारेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार