गफ होइन, काम गरेर देखाउने हो : मन्त्री गुप्ता

२०८२ कार्तिक ९, आईतवार

काठमाडौँ : नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने बताएका छन्।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले जिम्मेवारीका क्रममा कुरा होइन, परिणाममुखी काममा जोड दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।उनका अनुसार यसअघि कार्यभन्दा बढी बोलाइमा सीमित रहेकाले प्रणालीमा कमजोरी आएको हो । त्यस कारण आफ्नो कार्यशैली ‘काम गरेर मात्र बोल्ने’ हुने उनले स्पष्ट पारे।

‘समय सीमित छ, स्रोत पनि सीमित छ, तर गर्नुपर्ने काम धेरै छन्,’ मन्त्री गुप्ताले भने, ‘त्यसैले हामी परिणाममुखी भएर अघि बढ्नेछौँ। दैनिक रूपमा कामको प्रगति देखाउनेछौँ। बोलाइभन्दा काममै ध्यान केन्द्रित गर्छौँ, किनकि बढी बोल्दा नै अवस्था बिग्रिएको हो।’

पदभार ग्रहणको अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद लम्साललगायत उच्च अधिकारीहरूले मन्त्री गुप्तालाई स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार