काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ आज भारत जाँदैछन् ।
उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा सहभागी हुन भारत जान लागेका हुन्।उक्त कार्यक्रममा ४० बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुनेछन् । नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य राष्ट्र हो ।
मन्त्री घिसिङ आज दिउँसो १:४५ बजे भारत जाने कार्यक्रम तय भएको र उनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ।











