काठमाडौँ : भारतीय मोडल श्वेता महराको अभिनय रहेको नेपाली म्युजिक भिडियो ‘बेली चमेली’ सार्वजनिक भएको छ ।
भिडियोमा महरालाई अभिनेता पल शाहले जोडीको रूपमा साथ दिएका छन् । कविराज गहतराजको कोरियोग्राफर तथा निर्देशन रहेको भिडियोमा पल र महराको अलवा राज टाइगर, बिन्दु रसाइली, रेन्सीका खत्री, सुरक्षा तामाङको पनि अभिनय छ ।
गीतमा शब्द तथा संगीत राजेन्द्र बजगाईंको छ । स्वाती भाटको स्वर र गायक विनोद ढकालको र्याप रहेको गीतमा निशाद चन्द्राको संगीत संयोजन छ । सुदिप बरालको छायाङ्कन रहेको गीतको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् ।











