कात्तिक २० गतेका लागि समाजवाद पक्षधरलाई विप्लवले बोलाए काठमाडौँ

२०८२ कार्तिक १०, सोमबार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वाधीनता र समाजवाद पक्षधरलाई कात्तिक २० गतेका लागि काठमाडौँ बोलाएका छन्।

नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो भन्दै उनले यस विषयमा छलफल गर्न समाजवादीहरूलाई कात्तिक २० गते काठमाडौँमा भेट्न अपिल गरेका हुन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत समाजवादीहरूलाई भेटघाटका लागि आह्वान गरेका उनले यस विषयमा विस्तृत जानकारी भने दिएका छैनन्।

उनले लेखेका छन्, ‘नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो। अरूले होइन, नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन्, देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ। स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार