दार्चुलामा जिपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

२०८२ कार्तिक १०, सोमबार

काठमाडौँ : दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार महाकाली नगरपालिका-४ बांगाबगरमा जिप दुर्घटना भएको हो।

व्यास गाउँपालिका-३ सिनाका ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुपप्र ०४०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा महाकाली नगरपालिका-४ बांगाबगरका ७० वर्षीय मिलन लुहारलाई ठक्कर दिँदा घाइते भएका थिए।

जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा उनको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार