संस्कृति, परम्परा एवम् सभ्यताको जगेर्ना साझा दायित्वः मुख्यमन्त्री पाण्डे

२०८२ कार्तिक १०, सोमबार

गण्डकी :  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकभित्रका संस्कृति, परम्परा एवम् सभ्यताको जगेर्ना गर्नुु सबैको साझा कर्तव्य भएको बताएका छन्  ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा अपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने बताएका छन्  ।

समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माणका लागि छठ पर्वले हामी सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उनले यस पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गरेका छन्  ।

सांस्कृतिक, भाषिक, कला, सभ्यता एवं धार्मिक विविधताले भरिपूर्ण विश्वमै विशाल र वैभवशाली रहेको सन्देशमा भनिएको छ । नेपालको तराई तथा मधेस क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने छठ (छठीमाई) हाल आएर पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाउने उल्लेख गर्दै सन्देशमा विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास रहेको भनिएको छ ।

पृथ्वीलाई समान रुपमा शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा तथा आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाइने सन्देशमा उल्लेख छ । यस पर्वले हामी सबैमा नयाँ उत्साह, जोस र जाँगर थप्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्प हासिल गर्न थप प्रेरित गर्नेछ भन्ने विश्वासका व्यक्त गर्दै सन्देशमा सबैमा उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार