ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

२०८२ कार्तिक १०, सोमबार

काठमाडौं : मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो । ठक्करबाट उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीण श्रेष्ठ घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका सरस्वती र प्रवीणको चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको छ । सरस्वतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ग्यास बुलेट र चालक भारत बिहार घर भएका ५५ वर्षीय मोहम्मद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार