काठमाडौं : रेशमलाल चौधरीले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।
नाउपाबाट निकालिएपछि रेशमले नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । उनले घोषणा गरेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) रहेको बताएका छन् । बिहीबार निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी नाउपाने दर्ता गराएका हुन् । उनले आफ्नो पार्टीको चुनाव चिह्न जाँतो हुने प्रस्ताव गरेका छन् ।









