काठमाडौं : सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथीमा बढुवा भएका छन् ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त उपरथी पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो । खड्का विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत छन् । बढुवासँगै अब उनको जिम्मेवारी पनि हेरफेर हुनेछ । गणेशकुमार श्रेष्ठ रथीमा बढुवा भएपछि एक जना उपरथीको पद रिक्त भएको थियो ।
त्यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा अवकास भएका थिए ।










