काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकले अब मकवानपुरस्थित ओम अध्याय रिट्रिटमा विशेष छुट सुविधा पाउने भएका छन्।
बैंक र रिट्रिटबीच विशेष समझदारी सम्पन्न भएसँगै, ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौता अनुसार, बैंकका ग्राहकले ओम अध्याय रिट्रिटमा उपलब्ध विभिन्न सेवा प्याकेजमा १५ प्रतिशतसम्म छुट र खाना तथा पेयपदार्थमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। यसका लागि ग्राहकले बैंकका डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।
एनआईसी एशिया बैंकले यो सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउने मात्र नभई देशमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, “यस प्रकारका सहकार्यले ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै, डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउँछ।”
यस सम्झौताले ग्राहकहरूलाई आराम, शान्ति र डिजिटल सुविधाको संयोजनसहितको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।









