फिल्म ‘परान’को अग्रिम बुकिङ खुला

२०८२ कार्तिक १४, शुक्रबार

काठमाडौं : शुक्रबारदेखि रिलिज हुने फिल्म ‘परान’को अग्रिम बुकिङ खुला भएको छ।

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको हाे। भावनात्मक पारिवारिक कथानक बोकेको यो फिल्मले नेपाली बक्स अफिसमा ठूलो संख्यामा पारिवारिक दर्शकलाई आकर्षित गर्ने अपेक्षा छ। दीपकप्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेता नीर शाहलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ।

फिल्ममा शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।

फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाईं हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार