बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

२०८२ कार्तिक १४, शुक्रबार

काठमाडौं : बीपी राजमार्गमा विभिन्न स्थानमा लेदेसहितको पहिरोका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बीपी राजमार्गअन्तरगत काभ्रेपलान्चोकको चौकीडाँडाको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

यस्तै, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा पनि लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुनः माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार