काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले छिट्टै काम सक्नुपर्ने बताएका छन्।
सोही प्रतिवेदनका आधारमा अन्तरिम सरकारले कदम चाल्नुपर्ने उनको तर्क छ। पूर्वप्रधानमन्त्री समेत रहेका उनले २३ गतेको घटना छोडेर २४ गतेका संलग्नमाथि मात्र कारबाही गरे जनआन्दोलन तथा न्यायका आधारभूत सिद्धान्तविपरीत हुने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल एक्समा भट्टराईले लेखेका छन्, क्रिया (एक्सन) र प्रतिक्रिया (रियाक्सन) को अन्तरसम्बन्धवारे स्थापित प्राकृतिक नियम विपरीत पनि हुन्छ। जेन–जी विद्रोहको बलमा बनेको अन्तरिम सरकारको विशेष ध्यान पुगोस्।’









