खराब मौसमका कारण चारवटा माउन्टेन फ्लाइट रद्द

२०८२ कार्तिक १४, शुक्रबार

काठमाडौं : बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् ।

प्रतिकूल मौसमका कारण काठमाडौंबाट लुक्ला, पोखरा र ताप्लेजुङका लागि तय भएका नौवटा उडान डिले भएका छन् । यसैगरी, चारवटा माउन्टेन फ्लाइट रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि हिजो पनि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका थिए । केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार