उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस बैंकका ग्राहक महानुभावहरुले यस अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत सामान्य बेडचार्जमा २५ प्रतिशत, आइसियु/एआईसियु/पीआईसियु/सिसियुमा १० प्रतिशत, सर्जिकल टिटमेन्टमा १५ प्रतिशत, प्याथोलोजिकल ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलोजिकल सर्भिसमा १५ प्रतिशत (सिटी स्क्यान र एमआरआइ र बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।










