काठमाडौं : जेनजी विद्रोहको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले ठुला तीन दलका शीर्ष नेता (केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’) सँग भेट्न इच्छुक नरहेको बताएकी छन् ।
शुक्रवार साँझ सम्पादकहरूसँगको छलफलमा उनले भनिन्-युवा विद्रोहले यी तीन नेताको विकल्प खोजेको छ र आफूले युवाहरूको यो भावनाको सम्मान गर्ने छु । उनले भनिन्, ‘यी नेताहरू धेरै वर्षदेखि सत्तामा हुनुहुन्छ । जेनजी युवाहरूले दलभित्रै नयाँ नेतृत्व उभिनुपर्छ भन्ने ठान्छन् ।
भदौ २३ र २४ को संहारमा तिनको भूमिकाबारे पनि उनीहरूले प्रश्न उठाएका छन् ।’ उनले स्पष्ट पारिन्-‘म ती नेतासँग कुरा नगरे पनि मन्त्रीहरू रामेश्वर थपलिया, कुलमान घिसिङ, ओमप्रकाश अर्याललगायतले निरन्तर संवाद गरिरहनुभएकै छ । दलहरूसँग कुरा गर्नै नहुने होइन स लोकतन्त्रमा त गर्नैपर्छ । मैले पनि गरेकै छु ।’
उनका अनुसार ईश्वर पोखरेल, पूर्णबहादुर खड्का, शंकर पोखरेल, प्रदीप ज्ञवाली, गगन थापालगायत नेताहरू नियमित रूपमा आइरहन्छन् । ‘जेनजीहरूले पनि दलसँग संवाद गर्न आपत्ति जनाएका छैनन् । उनीहरूले संविधान, कानुन र नियम राम्ररी बुझेका छन् स सुरुमा जस्तो कडा अडान छैन,’ उनले भनिन् । अन्तमा उनले थपिन्, ‘मलाई ती तीन नेतासँग भेट्ने इच्छा छैन ।
तर परिस्थिति बाध्य बनायो भने गर्न पनि सकिन्छ । तर एउटै अनुहार कति हेर्ने रु रास्वपाकी सांसद निशा डाँगीले पनि भनिन्- ‘म जन्मिँदा तपाईँहरू नै नेता, म सांसद भइसकेँ, अझै तपाईँहरू नै ?’









